उखु पेलेर खुदो निकाल्दै ढोडबेँसी फाँटका किसान

२ माघ, काठमाडौं । पहाडी क्षेत्रमा खेतबारीको फसल भित्र्याएर फुर्सदिलो हुने समय भए पनि त्यहाँको एउटा फाँटका किसानलाई भने यतिखेर खुदो उत्पादन र बिक्री गर्ने चटारो परेको छ । पोखरा लेखनाथ महानगरपालिका वडा नं ३२ ढोडबेँसी फाँटका कृषकलाई यस याममा उखु काट्ने, पेल्ने, रसेटोमा खुदो पकाउने र बिक्री गर्ने काममा भ्याइनभ्याई छ । सिँचाइको अभावका कारण मकै, भटमास, तोरी, मसुरोलगायतका विभिन्न अन्न तथा दलहन र तेलहन बाली लगाउँदा एक रोपनी जग्गाबाट बढीमा छ हजारमात्र आम्दानी हुने तर उखुबाट रु ५० हजार मूल्य बराबरको खुदो उत्पादन हुने स्थानीय कृषक विष्णुमाया भुजेल बताउँछन् । थप पढ्नुहोस्

न्यून लगानीमा स्वदेशमै मनग्य आम्दानी गर्दै पोखराका किसान

२५ पुस, काठमाडौं । दृढ इच्छाशक्ति, लगनशीलता र निरन्तरता भए न्यून लगानी र कम परिश्रमबाट गाउँमै मनग्य आम्दानी गर्न सकिन्छ भन्ने कुरालाई पोखराका एक कृषकले चरितार्थ गरेका छन् । पोखरा लेखनाथ महानगरपालिका– ३३ भरतपोखरी जामुनाबोटका चन्द्रकान्त आचार्यले एक वर्षमा मह र मौरीसहितको घार बिक्रीबाट रु सात लाखभन्दा बढी कमाएर सबैका लागि अनुकरणीय बनेका छन् । घरको वरिपरि आँगन, बारीको डिल र गोठको नजिक सेताम्मे रहेका ३७ वटा मौरीको घारबाट एक वर्षको अवधिमा ५५० किलो मह र मौरीसहितका १७ वटा घार बिक्रीबाट उनले सो आम्दानी गरेका हुन् । थप पढ्नुहोस्

एउटै गाउँबाट वार्षिक एक करोडको दूध बिक्री

२६ मंसिर, काठमाडौं । आफ्नो गाउँघर र स्वदेशमा कुनै सम्भावना नै नदेख्ने र वैदेशिक रोजगारीका लागि विदेश जान मरिहत्ते गर्ने युवाका लागि म्याग्दीको सिंगा गाउँका युवा उदाहरण बनेका छन् । बेनी नगरपालिका वडा नं ४ सिंगाका युवाले गाउँमा पशुपालन गरेर दूध बिक्रीबाट मात्र वार्षिक रु एक करोड कमाउन थालेपछि सिंगाको चर्चा अहिले जिल्लाभरि हुन थालेको छ । सिंगा गाउँबाट मात्रै वार्षिक करिब रु एक करोडको दूध निर्यात हुने गरेको छ । दूध बिक्री गरेर मासिक प्रतिव्यक्ति रु ४० हजारदेखि रु एक लाखसम्म कमाउने गरेका सिंगाका नवराज पौडेलले बताए । थप पढ्नुहोस्

किसानका समस्यालाई वेवास्ता गर्दै उम्मेदवार

१३ मंसिर, काठमाडौं । कृषि क्षेत्रमा अग्रणी जिल्ला मानिएको इलामका मतदाताले कृषिमार्फत आर्थिक समृद्धि हासिल गर्न दलहरू प्रतिबद्ध नभएको गुनासो गरेका छन् । अदुवा, अलैँची, आलु, अकबरे, चिया, अम्लिसो, जडीबुटी, फलफूल र दूध उत्पादनबाट वार्षिक अर्बौं भित्रिने त्यहाँ उम्मेदवारले कृषिका ठोस योजना नल्याएकोमा कृषि व्यवसायमा लागेका मतदाताले यस्तो गुनासो गरेका हुन् । किसानले दिनरात परिश्रम गरेर उत्पादन गरेको अलैँची, अदुवाको भनेजस्तो मूल्य पनि पाउन सकेका छैनन् । थप पढ्नुहोस्

बाजागाजासहित धान दिवस तथा रोपाइँ महोत्सव सम्पन्न

१६ असार, काठमाडौं । कृषि मन्त्रालय, कृषि विभाग हरिहर भवन १४औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव, २०७४ मूल समारोह समितिले हिजो भक्तपुरमा धान दिवस मनाएको छ । अधिकांश कृषी पेशामा लागेका मानिसहरु वस्ने हाम्रो देश नेपालमा आसार १५ लाई दही चिउरा खाने दिन भनेर पनि चिनिन्छ । हरेक वर्ष झैँ हिजो हरेकका घर घरमा दही चिउराको चर्चा भएको थियो । चाँगुनारायण नगरपालिका–२ झौखेलमा आयोजना भएको धान दिवसमा स्थानीय टेकबहादुर लाखाजुको दुई रोपनी जग्गामा सामूहिक रुपमा धान रोपेर धान दिवस मनाइएको हो । थप पढ्नुहोस्

दिनमा बाँदर, रातमा दुम्सीको आतङ्क

२ असार, काठमाडौं । किसानले खेतबारीमा लगाएको बालीमा बाँदर र दुम्सीले आतङ्क मच्चाएपछि किसान चिन्तित बनेका छन् । स्याङ्जाको गल्याङ नगरपालिका–६ पिडीखोलामा किसानले लगाएको बालीमा बाँदर र दुम्सीले अन्नबाली नष्ट गरेपछि किसानलाई सास्ती भएको छ । “अहिले खेतबारीमा मकै तथा तरकारी लगाएका छौँ, पहिला मकै पाक्ने बेलामा बाँदरको हुल आउँथ्यो, यसपालि त मकै छरेदेखि नै हैरानी बनाएको छ” स्थानीय कृषक यमलाल पाण्डेले भने, “दिउँसो बाँदर र रातमा दुम्सीले मकै तथा तरकारीबाली नष्ट गरिदिएको छ, हामी निक्कै समस्यामा छौँ । थप पढ्नुहोस्

किसानले आफ्नो योजना आफैँ छान्न पाउने

२९ जेठ, काठमाडौं । नेपाली किसानको दिन फिरेको हो ? मेलम्ची नगरपालिकाका उपप्रमुख भगवती नेपालले आश्चर्य मान्दै प्रश्न गर्दा अर्थमन्त्रालयका सचिव शान्तराज सुवेदीले भनेः–“अनुदानको रकम खर्च गर्न कानुनी प्रक्रिया पु¥याउनुहोस् मन्त्रालयले कुनै अवरोध गर्दैन ।” सरकारले कृषि क्षेत्रको विकासका लागि विभिन्न कृषि कार्यक्रम स्थानीय तहमा हस्तान्तरण गरेको छ । उक्त कार्यक्रमका लागि छुट्याइएको रकम खर्च गर्ने प्रक्रियाका सम्बन्धमा पदाधिकारीबाट सोधनी हुँदा मन्त्रालयले उक्त जवाफ दिएको हो । सरकारले आगामी आव २०७४÷७५ को बजेटमार्फत तल्लो तहसम्म कार्यक्रम पु¥याइएको छ । थप पढ्नुहोस्

बाली बिमाबारे किसान अनविज्ञ

१२ जेठ, काठमाडौं । बाली बिमाबारे वैतडीका किसान अनविज्ञ रहेका छन् । जिल्ला कृषि विकास कार्यालयका अनुसार जिल्लामा अहिलेसम्म किसानले बाली बिमा गरेका छैनन् । सरकारले २०६९ सालमा किसानलाई लक्षित गरेर बाली बिमा कार्यक्रम ल्याएको हो । बिमाबारे किसानले नबुझ्दा उनीहरुले बिमा नगरेका हुन् । सरकारले असिना, खडेरी, सुख्खा, रोगकीराको प्रकोपबाट बालीनालीमा क्षति पुगेमा किसानलाई बढीमा ९० प्रतिशतसम्म क्षतिपूर्ति दिने व्यवस्था गरेको छ । तर किसानले बिमा नै नगरेकाले क्षति भए पनि क्षतिपूर्ति पाउन नसकेको जिल्ला कृषि विकास कार्यालयका सूचना अधिकृत कर्णबहादुर चन्दले बताए । थप पढ्नुहोस्