कुखुरापालन क्षेत्रमा १३ प्रतिशत उत्पादन वृद्धि

१८ पुस, काडमाडौं । नेपालमा पशुपालनले कूल गार्हस्थ्य उत्पादनको १३ प्रतिशत धानेकामा कुखुरापालन व्यवसायले मात्रै झण्डै चार प्रतिशत ओगटेको छ । यस क्षेत्रमा अघिल्लो वर्षभन्दा १३ प्रतिशत उत्पादन बढेको बताइएको छ । पाँचौँ राष्ट्रिय कुखुरापालन दिवसका अवसरमा नेपाल कुखुरा व्यवसायी मञ्च र पशुपक्षी विकास मन्त्रालयको संयुक्त आयोजनामा हिजो गरिएको कार्यक्रममा पशुपक्षी विकास मन्त्रालयका सचिव डा विश्वनाथ ओलीले संघीय संरचनानुसार संघ, प्रदेश र स्थानीय तहबाटै कुखुरापालनसम्बन्धी सेवा दिने गरी आवश्यक गृहकार्य भइरहेको जानकारी दिए । थप पढ्नुहोस्