भारतीय वरिष्ठ सिने निर्देशक शाहको मृत्यु

२२ असोज, काठमाडौं । व्यङ्ग्यात्मक सिनेमा ‘जाने भी दो यारो’ बाट सिनेमा निर्देशन क्षेत्रमा प्रवेश गरेका कुन्दन शाहको हृदयघातका कारण शनिबार निधन भएको छ । ६९ बर्षका शाहको उनकै निवासमा निधन भएको पारिवारिक स्रोतले बताएकोे भारतीय समाचार संस्था पीटीआईले जनाएको छ । स्वर्गीय शाहले पूर्णेस्थित भारतीय सिनेमा तथा टेलीभिजन संस्थान (एफ्टिआईआई) मा सिनेमा निर्देशन सम्बन्धि अध्ययन गरेका थिए र सन् १९८३ मा जाने भी दा यारा नामको सिनेमाबाट निर्देशनको यात्रा तय गरेका थिए । उनले भारतीय सिनेमाका लागि प्रदान गरिने राष्ट्रिय पुरस्कार, इन्दिरा गान्धी पुरस्कार, प्राप्त गरेका थिए । थप पढ्नुहोस्