बजेटको बाढी त बग्यो तर बगाएन कुपोषण

बझाङ जिल्लामा मात्रै करीब ११ हजार बालबालिका कडा खालको कुपोषण (ख्याउटेपन) को मारमा छन् । त्यसमा पनि छोरीहरूको अवस्था कहालिलाग्दो छ । साविक धमेना गाविस वडा नं. १ रुवातोला (हाल तल्कोट गाउँपालिका) की १२ वर्षीया मञ्जु धामीको १० फागुन २०७३ मा मृत्यु भयो । त्यसको ११ दिनपछि उनकी १० वर्षीया बहिनी कल्पना धामी पनि बितिन् । छोरीहरूको मृत्यु हुनुभन्दा एक महीना जति अघि मात्र उनीहरू खानेकुरा नपुगेर रोगाएका हुन् र त्यो बिमारको नाम कुपोषण हो भन्ने थाहा पाएकी आमा पार्वती धामीले भनिन्, “एक वर्षदेखि दुवै जना गल्दै गएका थिए । पछि पेट फुल्न थाल्यो । जीउ सुकेर लौरो जस्तो भयो । थप पढ्नुहोस्

राष्ट्रिय योजना आयोगको दोस्रो बहुपक्षीय पोषण योजना सार्वजनिक

२८ मंसीर, काठमाडौं । राष्ट्रिय योजना आयोगले कुपोषण भएका आमा तथा बच्चाको जीवन बचाउँदै स्वस्थ्य बच्चा हुर्काउनका लागि दोस्रो बहुपक्षीय पोषण योजना सार्वजनिक गरेको छ । आयोगले आज एक कार्यक्रमको आयोजना गरी सन् २०२२ सम्ममा कुपोषण अवस्था २४ प्रतिशतमा झार्ने गरी योजना सार्वजनिक गरेको हो । बहुपक्षीय पोषण योजना सार्वजनिक गर्दै स्वास्थ्यमन्त्री दिपक बोहराले बालकहरु पुड्को, ख्याउटे र एनिमिया नहुनका लागि यो योजनाले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । थप पढ्नुहोस्