चुक्ता पूँजी पुर्याउन हकप्रदको बाटोमा बैंक

९ माघ, काठमाडौं । ‘क’ वर्गका चारवटा वाणिज्य बैंकले छ करोड ५६ लाख ८६ हजार ७८४ कित्ता बराबरको हकप्रद शेयर बिक्री गर्ने भएका छन् । प्रभु, सिद्धार्थ, कुमारी र नेपाल क्रेडिट एण्ड कमर्स बैंकले सो परिमाणमा हकप्रद शेयर बिक्री गर्न लागेका हुन् । नेपाल राष्ट्र बैंकले तोकेको रु आठ अर्ब चुक्ता पूँजी पु¥याउन ती बैंकले हकप्रद शेयरको बाटो रोजेका हुन् । बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिमा चुक्ता पूँजी पु¥याउन थप छ महिनाको समयसीमा दिएको थियो । तर एनएमबी बैंकले भने एक करोड १४ लाख कित्ता फरदर पब्लिक अफर (एफपिओ) बिक्री गर्न लागेको छ । थप पढ्नुहोस्

८ अर्व पूँजी बनाउँदै कुमारी बैंकको एकीकृत कारोबार सुरु

१६ असार, काठमाडौं । कुमारी बैंकले राष्ट्र बैंकको नीति (आठ अर्ब चुक्ता पुँजी) अनुरुप आजदेखि एकीकृत कारोबार सुरु गरेको जनाएको छ । बैंकले काष्ठमण्डप डेभलपमेन्ट बैंक, महाकाली विकास बैंक, काक्रेविहार विकास बैंक र पश्चिमाञ्चल फाइनान्स कम्पनीलाई (प्राप्ति) एकीकृत गरी कारोबार सुरु गरेको हो । एकीकृत कारोबार सुरु भएको अवसरमा बोल्दै नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपालले बैंक तथा वित्तीय क्षेत्रले कार्यक्षमता र पारदर्शिता बढाउनुपर्नेमा जोड दिएका छन् । थप पढ्नुहोस्