पन्ध्र कृषि उद्यमीलाई कृषि अवार्ड प्रदान

१३ भदौ, काठमाडौं । नेपालको व्यावसायिक कृषिमा योगदान पु¥याएबापत १५ जना कृषि उद्यमीलाई ‘एग्रो टाइम्स कृषि अवार्ड–२०७४’ प्रदान गरिएको छ । एग्रो टाइम्स मिडिया नेटवर्कद्वारा प्रकाशित एग्रो टाइम्स मासिक पत्रिकाकोे पाँचौँ वार्षिकोत्सवको अवसरमा सोमबार आयोजित कार्यक्रममा पशुपक्षी विकासमन्त्री सन्तकुमार थारुले सो अवार्ड प्रदान गरेका हुन् । कृषि उद्यमी ढालुराम माझीलाई सर्वोत्कृष्ट अवार्ड प्रदान गरिएको छ । थप पढ्नुहोस्

एसियाको भावी कृषिक्षेत्र, नेपाल, भारत, चिन वा अन्य कुनै ?

११ साउन, काठमाडौं । खाद्यान्नको अभाव एसियामा बसोबास गर्ने धेरैका लागि पुरानो सम्झनाको कुरा हो । तथापि, द्रुत गतिमा बढ्दो जनसङ्ख्यालाई खाद्यान्न र पोषण पुर्याउन यस क्षेत्रले सङ्घर्ष गर्न थालेको अवस्थालाई हेर्दा त्यो फेरिपनि जीवनको पीडादायी यथार्थ बन्नसक्ने देखिन्छ । एसिया हाल विश्वको सबैभन्दा ठूलो खाद्यान्न बजार हो र सन् २०५० सम्ममा यसको जनसङ्ख्यामा ९० करोड थप हुन गई पाँच अर्ब पुग्ने अनुमान गरिएको छ । थप पढ्नुहोस्

किसानले आफ्नो योजना आफैँ छान्न पाउने

२९ जेठ, काठमाडौं । नेपाली किसानको दिन फिरेको हो ? मेलम्ची नगरपालिकाका उपप्रमुख भगवती नेपालले आश्चर्य मान्दै प्रश्न गर्दा अर्थमन्त्रालयका सचिव शान्तराज सुवेदीले भनेः–“अनुदानको रकम खर्च गर्न कानुनी प्रक्रिया पु¥याउनुहोस् मन्त्रालयले कुनै अवरोध गर्दैन ।” सरकारले कृषि क्षेत्रको विकासका लागि विभिन्न कृषि कार्यक्रम स्थानीय तहमा हस्तान्तरण गरेको छ । उक्त कार्यक्रमका लागि छुट्याइएको रकम खर्च गर्ने प्रक्रियाका सम्बन्धमा पदाधिकारीबाट सोधनी हुँदा मन्त्रालयले उक्त जवाफ दिएको हो । सरकारले आगामी आव २०७४÷७५ को बजेटमार्फत तल्लो तहसम्म कार्यक्रम पु¥याइएको छ । थप पढ्नुहोस्