कृषि विकास बैंक चरिकोट उपशाखामा प्रबन्धक दीपक खतिवडाको दादागीरी

२५ पुस, काठमाडौं । कृषि विकास बैंक चरिकोट उपशाखामा चरम लापर्बाही भएको तथ्य सार्वजनिक भएको छ । उपशाखाका प्रबन्धक दीपक खतिवडाले पहुँचका आधारमा ऋणीलाई व्यवहार गरेको भन्दै साना ऋणीले दुखेसो गरेका छन् । उनीहरुले ठूला ऋण लिएर ब्याजसमेत नतिरेको र साना ऋणीले एक÷दुई पटक ब्याज नतिर्दा पत्रिकामा नामावली सार्वजनिक गरिएको भन्दै आपत्ति जनाएका छन् । रु दुई लाख ऋण लिएको तर एकपटक पनि ताकेताको पत्र नकाटी एक्कासी पत्रिकामा नाम सार्वजनिक गरेपछि आफूलाई पूर्वाग्रही तरिकाले बैंकका प्रबन्धकले व्यवहार गरेको स्थानीय व्यवसायी प्रभाकुमारी तुलाधरले बताइन् । थप पढ्नुहोस्

सहायक रथी विष्ट सैनिक हिरासतमा

२१ पुस, काठमाडौं । बैंकिङ कसुर लागेका नेपाली सेनाका सहायक रथी डा. रमेश विष्टलाई सैनिक हिरासतमा राखेको छ। डा. विष्टलाई उपत्यका पृतना कार्यालय नारायणहिटी राखेर सेनाले कोर्ट मार्सल शुरू गरेको हो । कृषि विकास बैंकको रकम हिनामिना प्रकरणमा सहायक रथी विष्ट पनि मुछिएका थिए । न्युरोड शाखाबाट हिनामिना गरिएको करिब पाँच करोडमध्ये ३३ लाख सहायक रथी विष्टको बैंक खातामा पाइएपछि उनीमाथि अनुसन्धान शुरू भएको सैनिक मुख्यालय स्रोतले जानकारी दिएको छ। बैंकको न्युरोडस्थित शाखा कार्यालयबाट चार करोड ९१ लाख हिनामिना भएको थियो । थप पढ्नुहोस्

सांसदलाई नै ऋण तिर्न कृषि विकास बैंकको सार्वजनिक सूचना

१२ पुस, काठमाडौं । रुकुम पश्चिमबाट निर्वाचित एक सांसदलाई कृषि विकास बैंकले ऋण चुक्ताको लागि मंगलबार सार्वजनिक सूचनामार्फत आग्रह गरेको छ । जिल्लाको प्रदेश निर्वाचन क्षेत्र नं १ (क) बाट निर्वाचित प्रदेशसभा सदस्य रातो कामीलाई जिल्ला कृषि विकास बैंक, रुकुमले ऋण भुक्तानीका लागि सार्वजनिक सूचना आह्वान गर्दै आग्रह गरेको हो । कामीले साविकको आठबीस डाँडागाउँमा रहेको मौराखारा कृषक सहकारी संस्था लिमिटेडमार्फत साबुन उद्योग सञ्चालन गर्ने भन्दै रु चार लाख ऋण लिएका थिए । थप पढ्नुहोस्