रसायनिक मल खरिदमा कृषि सामग्री कम्पनीको चलखेल

२६ कात्तिक, काठमाडौं । कृषि सामग्री कम्पनीले लिमिटेडले कमिसनका लागि फेरि डीएपी मल खरिद प्रक्रिया सुरु गरेको समाचार सार्वजनीक भएको छ । चालू आर्थिक वर्ष विनियोजित अनुदान रकमबाट खरिद भएको रासायनिक मल भित्र्याउन नपाउँदै सरकारद्वारा सरकारसँग खरिद (जीटूजी) सुविधाअन्तर्गत कम्पनीले मल खरिद गर्न लागेको हो। मंसिरमा गहुँ, मुसुरो र तोरीलगायत बालीलाई करिब २२ हजार टन डीएपी मल आवश्यक पर्छ । गत वर्ष गहुँ, मुसुरो र तोरी बालीका लागि करिब २० हजार टन डीएपी मल बिक्री भएको थियो । थप पढ्नुहोस्