काँग्रेस नेता सिटौलाको निवासमा बम विस्फोट

१२ मंसिर, काठमाडौं । झापाको सदरमुकाम चन्द्रगढीस्थित नेपाली काँग्रेसका नेता तथा झापा निर्वाचन क्षेत्र नं ३ प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार कृष्णप्रसाद सिटौलाको घर पछाडि सुतली बम विस्फोट भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । गएराति करिब १२ः४५ को समयमा भएको सो विस्फोटबाट कुनै पनि क्षति नभएको र शंकास्पद एकजनालाई पक्राउ गरिएको प्रहरी प्रवक्ता जितेन्द्रकुमार बस्नेतले जानकारी दिए । पक्राउ पर्नेमा बिर्तामोड नगरपालिका– ४ निवासी राजेश कार्की छन्। उनलाई प्रहरी कार्यालय झापामा राखेर अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ । थप पढ्नुहोस्

क्षेत्र नं ३ को विकासका लागि सिटौलासँग साढे तीन अर्बका बहुवर्षीय योजना

२७ कात्तिक, काठमाडौं । नेपाली काँग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले राप्रपासँग भएको चुनावी गठबन्धन आफूलाई ठीक नलागेको बताएका छन् । पटक– पटक पार्टीको बैठकमा यस विषयमा कुरा उठाए पनि सुनुवाइ नभएकाले आफूले झापा क्षेत्र नम्बर ३ बाट चुनाव लडेको उनले नेपाल बहससँग बताए । लोकतान्त्रिक वा वाम गठबन्धन जे भए पनि २०४६ र ०६२÷०६३ को जनआन्दोलन जनताले कहिल्यै भुल्ने छैनन् भन्दै उनले भने, “यस क्षेत्रबाटै शुरु भएको जनआन्दोलनले राजसंस्थाको अन्त्य भएको र अब पनि जनताले राजसंस्था नचाहेको हुँदा लोकतन्त्र र गणतन्त्रको कार्यान्वयनका लागि मेरो उम्मेदवारी हो । थप पढ्नुहोस्