लेखापरीक्षण विधेयक सर्वसम्मतले परित, स्वास्थ्य बीमा विधेयक प्रस्तुत संसदमा प्रस्तुत

२२ साउन, काठमाडौं । व्यवस्थापिका–संसद्को आजको बैठकमा स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलले ‘स्वास्थ्य बीमा विधेयक, २०७४’ प्रस्तुत गरेका छन् । विधेयक पेश गर्दै उनले स्वास्थ्य सेवालाई प्रभावकारी, जनमुखी एवम् सहज बनाउनका लागि सरकारले विधेयक प्रस्तुत गरेको जानकारी दिए । आजैको बैठकले ‘जातीय भेदभाव तथा छुवाछूत (कसुर र सजाय) (पहिलो संशोधन) विधेयक, २०७४ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ । सो विधेयक शुक्रबार गणपूरक सङ्ख्या नपुगेपछि स्वीकृत हुन सकेको थिएन । थप पढ्नुहोस्

परराष्ट्रमन्त्री र नेपालका लागि गैरआवासीय रादूतबीच भेवार्ता

१९ असार, काठमाडौं । भारत भ्रमणमा रहेका उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले नयाँ दिल्लीस्थित नेपालका लागि गैर आवासीय राजदूतसँग छलफल गरेका छन् । दिल्लीस्थित नेपाली राजदूतावासमा आइतबार भएको छलफलमा उनले विश्वभरका मित्र राष्ट्रसँगको सम्बन्धलाई उच्च महत्व दिनुका साथै आपसी सहयोग तथा सहकार्यलाई केन्द्रमा राख्नु पर्ने बताए । पछिल्ला वर्षमा नेपालमा भइरहेको ऐतिहासिक परिवर्तनका विषयमा मित्रराष्ट्रलाई चासो भएको भन्दै उनले संविधानसभाले बनाएको संविधान कार्यान्वयनमा आएसँगै नेपालमा शान्ति र प्रजातन्त्रको नयाँ युग सुरु भएको उल्लेख गरे । थप पढ्नुहोस्

उपप्रधानमन्त्री महरा भारत प्रस्थान

१८ असार, काठमाडौं । उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री कृष्णबहादुर महरा आफ्ना भारतीय समकक्षी सुष्मा स्वराजको निमन्त्रणामा भारतको तीन दिवसीय भ्रमणमा आज बिहान त्यसतर्फ प्रस्थान गरेका छन्। भ्रमणका क्रममा उनले बाह्य मामिलामन्त्री स्वराजसँग पारस्परिक हित र चासोका विविध विषयमा विचारविमर्श गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । थप पढ्नुहोस्