कृष्णहरि भण्डारी लेखनाथ उद्योग वाणिज्य संघको अध्यक्षमा निर्वाचित

२९ असोज, काठमाडौं । लेखनाथ उद्योग वाणिज्य संघको अध्यक्षमा कृष्णहरि भण्डारी ८२४ मत प्राप्त गरी निर्वाचित भएका छन् । संघको ११औँ महाधिवेशनअन्तर्गत शनिबार निर्वाचन भई सम्पन्न मतपरिणामअनुसार उनका निकटतम प्रतिद्वन्द्वी वसन्तमोहन भट्टराईले ३१७ मत प्राप्त गरेका थिए । वरिष्ठ उपाध्यक्षमा बलराम ढकाल, प्रथम उपाध्यक्षमा छत्रधर आत्रेय, द्वितीय उपाध्यक्षमा विनोदकुमार श्रेष्ठ निर्वाचित भएका छन् । त्यस्तै महासचिवमा भरतकुमार अधिकारी, उपमहासचिवमा गोपीचन्द्र बाँस्तोला, कोषाध्यक्षमा राजेन्द्र ओझा विजयी भए । थप पढ्नुहोस्