केएल टावरमा सुरु भयो दशैंतिहार उपहार योजना, एप्पल वल्ड ‘आर वान फाइभ’ बाइक पाउने भाग्यशाी छान्दै

१ असोज, काठमाडौं । चाबहिल चुच्चेपाटीमा रहेको केएल टावरले बडा दशैं तथा तिहारलाई लक्षित गर्दै उपहार योजना सुरु गरेको छ । ‘रमाइलो दसैँ–तिहार उपहार योजना’ नाम दिइएको योजनामा ग्राहकले प्रत्येक दिन कुनै न कुनै किसिमको उपहार पाउने छन् । त्यसै गरी उपहार योजनामा सहभागि ग्राहकले साप्ताहिक तथा बम्पर उपहारमा टेलिभिजन, वासिंग मेशिन, रेफ्रिजिरेटरदेखि बम्पर उपहार मामोटरसाइकल तथा स्कुटर पाउने छन् । दशैंमा केही नयाँ वस्तु तथा सेवाखरिद गर्ने आमउपभोक्ताको मनसायलाई प्रोत्साहित गर्दै टावरको व्यवसाय प्रवद्र्धनका लागि यो योजनाल्याइएको टावरले जनाएको छ । थप पढ्नुहोस्

असार ५ गतेबाट मोबाइल एक्स्पो हुने

१ असार, काठमाडौं । केएल मोबाइल हब यही असार ५ गतेबाट सञ्चालनमा आउने भएको छ । चाबहिलस्थित केएल टावरको भुइँ तल्लामा सञ्चालनमा आउने केएल मोबाइल हबमा विश्व बजारमा पाइने २३ भन्दा बढी मोबाइल कम्पनीका उत्पादनको कारोबार गरिने छ । हबमा एमआइ, आइफोेन, सामसङ, सोनी एक्सपेरिया, जियोनी, ओप्पो, एचटिसी, जेटटिइ, हुवावे, कुलप्याड, लेनेभो, वान प्लस, नोकिया, कलर्श, मोटोरोला, जोप्पो र ओबिआइका टच एण्ड फिल काउन्टर समेत रहने हबका सञ्चालक सङ्गम राइले बताए । थप पढ्नुहोस्