प्रदेश नम्बर २ मा आज काँग्रेसको बृहत भेला, ९ गते केन्द्रीय बैठक

५ साउन, काठमाडौं, । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले आगामी असोज २ गते हुने स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा पार्टीको तयारी गर्न आज प्रदेश नम्बर २ को भेला बोलाएको छ । प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवासहित पार्टीका नेता एवम् केन्द्रीय पदाधिकारीको उपस्थितिमा दुई दम्बर प्रदेशको भेला हुन लागेको हो । भेलामा प्रदेश नम्बर २ का केन्द्रीय सदस्य, जिल्ला सभापति, सांसद, पूर्वसांसद, जिल्ला सभापतिका निकटतम प्रतिस्पर्धी, क्षेत्रीय सभापति र संविधानसभा सदस्य निर्वाचन २०७० का प्रत्यक्षतर्फका उम्मेदवारका प्रत्यासी सहभागी हुने कांग्रेसले जनाएको छ । थप पढ्नुहोस्