संशोधन विधेयक निर्णयार्थ पेस गरिने , केन्द्र–प्रदेशको निर्वाचन एकैपटक

१५ साउन, काठमाडौं । सरकारले व्यवस्थापिका संसद्मा पेस भएको संविधान संशोधन विधेयक निर्णयार्थ पेस गर्ने भएको छ । संविधान संशोधनको मागसहित आन्दोलन गरिरहेको राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) ले संविधान संशोधन चाहेको तर प्रमुख प्रतिपक्षी दल एमालेलगायतको विरोधका कारण संसद्मा अड्किएको विधेयकलाई पास या फेल जे भए पनि निर्णयार्थ पेस गर्ने तयारीमा सरकार जुटेको हो । शनिबार साँझ सम्पादकहरूसँगको भेटमा प्रधानमन्त्री शेरबहादुर देउवाले पास फेल जे भए पनि आफू विधेयक अघि बढाउने पक्षमा पुगेको बताएका हुन् । थप पढ्नुहोस्