स्क्रब टाइफसबाट ६ पीडित

१९ साउन, काठमाडौं । मुसामा लाग्ने एक प्रकारको किर्ना नामको कीराको टोकाइबाट सर्ने ‘स्क्रब टाइफस’को संक्रमणबाट दुई सातायता कैलालीमा केही व्यक्ति पीडित भएका छन् । सेती अञ्चल अस्पताल धनगढीमा उपचारका लागि आएका ४० वर्षमुनिका छ जनामा स्क्रब टाइफसको संक्रमण देखापरेको अस्पतालले जनाएको छ । गम्भीर अवस्थामा भर्ना भएका सवै बिरामीलाई भेन्टिेलटरमा राखेर उपचार गरिएकामा तीमध्ये दुई जना उपचारपछि घर फर्किएको र अन्यको उपचार भइरहेको छ । रोगका कारण गत वर्ष कैलालीमा १५२ जना संक्रमित भएकामा चार जनाको उपचारका क्रममा मृत्यु भएको थियो । थप पढ्नुहोस्

कैलालीको जोशीपुर गापामा काँग्रेस विजयी

१७ असार, काठमाडौं । कैलालीको जोशीपुर गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसका रामकृष्ण चौधरी तीन हजार ४३२ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाल लोकतान्त्रिक फोरमका विरुप्रसाद चौधरीले दुई हजार ७४१ मत प्राप्त गरेको निर्वाचन अधिकृत जीवनाथ पोख्रेलले बताए। यसैगरी, उपाध्यक्षमा कांग्रेसकै गीता कठरियाले तीन हजार ५६८ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाल लोकतान्त्रिक फोरमका किरण चौधरीले तीन हजार ४८९ मत प्राप्त गरेका छन् । थप पढ्नुहोस्