कोरियन भाषा परिक्षा  : १२ हजार १०८ परीक्षार्थी पास

११ साउन, काठमाडौं । आठौँ कोरियन भाषा (इपिएस–टपिक) परीक्षामा १२ हजार १ सय ८ जना परीक्षार्थी उत्तीर्ण भएका छन् । वैदेशिक रोजगार विभाग, इपिएस कोरिया शाखाका अनुसार भाषा परीक्षामा ६८ हजार ३ सय ८३ जना परीक्षार्थीले भाग लिएका थिए । रोजगार अनुमति प्रणाली ९इपिएस०अन्तर्गत नेपाली कामदार कोरिया पठाउनुअघि लिइने इपिएस–टपिक ९कोरियन भाषा० परीक्षा अनिवार्य पास गर्नुपर्ने प्रावधान छ । सन् २०१८ मा कोरिया जाने गरी लिइएको यस परीक्षामा ७५ हजार ५ सय ८० जनाले परीक्षा फाराम भरेका थिए । तर, ६८ हजार ३ सय ८३ जना परीक्षार्थी मात्र परीक्षामा हाजिर भएको शाखाले जानकारी दिएको छ । थप पढ्नुहोस्