कोरियामा नेपाल प्रवद्र्धन

१७ कात्तिक, काठमाडौं । नेपालमा कोरियाली पर्यटकको आगमनमा वृद्धि तथा लगानी आकर्षण गर्ने उद्देश्यले दक्षिण कोरियाको सिओलमा नेपाल प्रवद्र्धनात्मक कार्यक्रम गरिएको छ । नेपालस्थित कोरियाली दूतावास, नेपाली दूतावास कोरिया तथा नेपाल कोरिया चेम्बर अफ कमर्सलगायत संस्थाको आयोजना तथा नेपाल पर्यटन बोर्ड र होटल एसोसिएसन अफ नेपाल (हान) को सहकार्यमा आज सिओलमा नेपाल प्रवद्र्धनात्मक कार्यक्रम गरिएको हानले प्र्रेस विज्ञप्तिमार्फत जनाएको छ । थप पढ्नुहोस्

आज पनि इपिएस परीक्षा हुँदै, विवरण फरक पर्दा चार सय परीक्षार्थीको परीक्षा छुट्यो

२८ जेठ, काठमाडौं । रोजगार अनुमति प्रणाली (इपिएस) आठौँ कोरियन भाषा परीक्षाअन्तर्गत पहिलो दिन भएको परीक्षामा परीक्षा केन्द्रसम्बन्धी विवरण फरक पर्दा एक परीक्षा केन्द्रका ४०० परीक्षार्थीको परीक्षा छुटेको छ । एसियन इन्स्टिच्युट अफ म्यानेजमेन्ट खुमलटारमा परीक्षा केन्द्रको प्रवेशपत्र नम्बरको विवरण अन्यथा पर्न गएकाले सिनं १००७२८७३ देखि १००७३५५८ सम्मका परीक्षार्थीमध्ये केही परीक्षार्थी परीक्षा दिनबाट वञ्चित भएका छन् । सो केन्द्रमा ७५० जना परीक्षार्थी रहेकामा ४००को परीक्षा छुटेको जानकारी प्राप्त भएको छ । थप पढ्नुहोस्

कोरियन ईपीएस भाषा परीक्षा भोलि र पर्सि

२७ जेठ,काठमाडौं । रोजगार अनुमति प्रणाली इपीएसको आठौं ईपीएस भाषा परीक्षा भोली शनिबार र आइतबार हुँदैछ। दुई दिन हुने परीक्षाका लागि कोरिया इपीएस शाखाले २६ परीक्षा केन्द्र निर्धारण गरिसकेको छ। ईपीएस शाखाका निर्देशक बाबुराम खतिवडाका अनुसर परीक्षा दुई सिफ्टमा सञ्चालन हुनेछ। पहिलो सिफ्ट बिहान आठ बजेदेखि ११ बजेर १० मिनेटसम्म सञ्चालन हुनेछ भने दोस्रो सिफ्ट दिउँसो १२ बजेदेखि ३ बजेर १० मिनेटसम्म सञ्चालन हुनेछ। ईपीएसमा पढाई १०० र लेखाई १०० गरी २०० पूर्णाङकको परीक्षाका लागि ७५ हजारले ५ सय ८० जनाले आवेदन दिएका छन् । थप पढ्नुहोस्