उत्तर कोरियाले दियो मिसाइल बैज्ञानिकहरुलाई रात्रिभोज, क्षेप्यास्त्र थप विकास गर्न निर्देशन

२५ भदौ, काठमाडौं । उत्तर कोरियाली नेता किम जोङ उनले उक्त देशले हालै गरेको क्षेप्यास्त्र परीक्षणको काममा निकै ठूलो सफलता हात पारेको प्रतिक्रिया दिएका छन् । उनले यसलाई आफ्नो देशको ठूलो सफलता हो भन्दै यसप्रति सिंगो देशले नै गर्व गर्नुपर्नेमा जोड दिएका हुन् । उत्तर कोरियाली सञ्चारमाध्यमहरुले आइतबार सो जानकारी दिएका छन् । उत्तर कोरियाले अन्तर्राष्ट्रिय समुदायको आग्रहको बेवास्तागर्दै आणविक परीक्षणहरु गर्दै आएको छ । उसले गतहप्ता मात्र एक शक्तिशाली आणविक परीक्षण गरेको थियो र त्यो परीक्षण हाइड्रोजन बम विश्रित रहेको पुष्टी पनि भएको छ । थप पढ्नुहोस्