भारतीय राष्ट्रपति कोविन्दद्वारा शपथ ग्रहण

१० साउन,नयाँ दिल्ली। नवनिर्वाचित भारतीय राष्ट्रपति रामनाथ कोविन्दले मङ्गलबार भारतीय राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा राष्ट्रपति पदको शपथ लिनुभयो । राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा उहाँलाई भारतीय प्रधानन्यायाधीशले सपथ गराउनुभएको थियो । सो समारोहमा भारतीय पूर्व राष्ट्रपति प्रणव मुखर्जी, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहित भारतका विशिष्ट व्यक्तित्वहरुको उपस्थिति थियो । भारतीय जनता पार्टीको तर्फबाट उम्मेदवार रहनुभएका उहाँ ६५ प्रतिशत मत प्राप्त गरी हालैमात्र निर्वाचित हुनुभएको थियो । थप पढ्नुहोस्