साउदीमा रहेका भुसालको ‘ब्लडमनी’ तिर्न सहयोग कोष स्थापना

२५ भदौ, काठमाडौं । वैदेशिक रोजगारीको क्रममा साउदी अरबको जेलमा परी आजीवन कारावासको सजाय सुनाइएका नवलपरासीको मध्यविन्दु नगरपालिका–४ का स्थानेश्वर भुसालले ‘ब्लडमनी’ बापत तिर्नुपर्ने रकमका लागि आर्थिक सहयोग कोष स्थापना गरिएको छ । भुसाल २०६७ साल असोजमा साउदी अरब जानुभएको थियो । साउदीमा चालकको काम गर्ने क्रममा त्यहाँ गएको १० महिनापछि उहाँको गाडीलाई पछाडीको गाडीले ठक्कर दिँदा अगाडि रहेको गाडीमा गएर ठोक्किँदा अगाडिको गाडीमा रहेका एक साउदी नागरिकको मृत्यु भएको थियो । थप पढ्नुहोस्