साठी हजार महिला श्रमिक मनोरञ्जन क्षेत्रमा : क्याप

२ असार, काठमाडौं । देशभर साठी हजार महिला श्रमिक मनोरञ्जन क्षेत्रमा काम गर्ने गरेका छन् । चेतना अभिवृद्धि केन्द्र (क्याप) नेपालले गरेको अध्ययनमा देशभर तीन हजार ५०० मनोरञ्जन क्षेत्रमा ६० हजार महिला श्रमिक काम गर्ने गरेका छन् । अध्ययनमा काठमाडौँको गोँगबु, कलङ्की, सुन्धारा, ठमेल साथै पोखरा, विराटनगर, नेपालगञ्जलगायत ठूला सहरमा रहेका होटल, रेष्टुराँ, दोहोरी, डान्सबारमा धेरै महिला श्रमिकले काम गरिरहेका छन् । घरको आर्थिक अवस्था कमजोर भएका कारण कतिपय महिला उक्त क्षेत्रमा लागेको क्याप नेपालले जनाएको छ । थप पढ्नुहोस्