१४ भेन्टिलेटर खरिद गरिँदै

२ मंसिर, काठमाडौं । स्वास्थ्य सेवा विभागले चिकित्सा विधाको अत्यन्त महँगो तथा संवेदनशील उपचारका लागि अतिआवश्यक भेन्टिलेटर एकै पटक १४ वटा खरिद गर्ने भएको छ । भेन्टिलेटर खरिद गर्न तत्कालीन स्वास्थ्यमन्त्रीद्वय खगराज अधिकारी र गगनकुमार थापाले पहल गरेका थिए । अर्थ अभावले खरिद प्रक्रिया रोकिएको थियो । “यस पटक आर्थिक विनियोजनसमेत भई भेन्टिलेटर खरिदका लागि आवश्यक प्रक्रिया अगाडि बढाउन मैले स्वीकृति दिइसकेँ”, विभागका महानिर्देशक डा राजेन्द्र पन्तले जानकारी दिए । एउटा भेन्टिलेटरको करोडौँ मूल्य पर्ने बताइन्छ । थप पढ्नुहोस्

निगमले खरिद गरेका जग्गाको संसदीय समितिले छानबिन गर्ने

२२ साउन, काठमाडौं । व्यवस्थापिका–संसद्को उद्योग वाणिज्य तथा उपभोक्ताहित सम्बन्ध समितिले नेपाल आयल निगमले पेट्रोलियम पदार्थ भण्डारणका लागि चार जिल्लामा खरिद गरेको जग्गाको स्थलगत अनुगमन गर्ने भएको छ । जग्गा खरिद गरेको जिल्लाका निर्वाचित सांसदहरुको समूह छनोट गरेर अनुगमनमा पठाइने समितिका सभापति भीष्मराज आङ्देम्बेले आजको बैठकमा जानकारी दिए । केही दिनमै सांसदको समूह स्थलगत अध्ययनका लागि झापा, सर्लाही, चितवन र रुपन्देही जाने तयारी गरिएको उनले बताए । थप पढ्नुहोस्

जहाज खरिदसम्बन्धी ऋण सम्झौतामा हस्ताक्षर, कोषले रु १२ अर्ब ऋण दिने

२९ जेठ, काठमाडौं । नागरिक लगानी कोष र नेपाल वायु सेवा निगमबीच ऋण सम्झौतामा हस्ताक्षर भएको छ । कोषको कार्यालयमा आयोजित सम्झौतामा कोषका कार्यकारी निर्देशक रामकृष्ण पोखरेल र निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारले हस्ताक्षर गरेका छन् । सम्झौतानुसार कोषले एउटा जहाज खरिदका लागि रु १२ अर्ब ऋण उपलब्ध गराउने भएको छ । यसअघि कर्मचारी सञ्चय कोषसँग मात्रै त्यस्तो ऋण लिने सम्झौतामा हस्ताक्षर हुने गरेको थियो । निगमले भने दोस्रो चरणमा सञ्चय कोषसँग नै ऋण सम्झौतामा हस्ताक्षर गर्ने तयारी गरेको छ । लगानी कोषले उपलब्ध गराउने रकमको व्याजदर नौ प्रतिशत रहनेछ । थप पढ्नुहोस्