नाकाबन्दिमा परेको कतारलाई दैनिक ११ हजार टन खाद्यान्न निर्यात गर्दै इरान

९ असार, काठमाडौं । साउदी अरबको नेतृत्वमा खाडी मुलुकहरुले दोहासँग सम्बन्ध तोडेपछि इरानले दैनिक एक हजार टन फलफुल र तरकारी कतार पठाएको जनाएको छ । साउदी अरव, संयुक्त अरव इमरेट्स र बहराइन लगायतका कतारसँग सम्वन्ध तोडेका देशहरुले भने यो सहयोगलाई अतिवादीहरु प्रतिको सहयोगको रुपमा लिएको फार्स समाचार समितिले बिहीबार जनाएको छ । ती देशहरुले गत जुन ५ देखि कतारसँग सम्वन्ध विच्छेद गरेका थिए । सम्बन्ध विच्छेद गरेका देशहरुको आरोपलाई कतारले भने अस्विकार गरेको छ । इरान साउदी अरबको कडा आलोचक हो । थप पढ्नुहोस्