दशैँ आयो तर मेलम्चीको पानी आएन

८ असोज, काठमाडौं । खानेपानी तथा सरसफाइ मन्त्री महेन्द्र यादवले एक हजार ६०० मिटर मात्रै सुरुङ खन्न बाँकी रहेकाले केही महिनाभित्रै मेलम्चीको पानी राजधानी आउने विश्वास दिलाएका छन् । काठमाडौंमा आयोजित एक साक्षात्कार कार्यक्रमा उनले किसुनजीले देख्नुभएको मेलम्चीको पानी राजधानी ल्याउने सपना विपनाको नजिक पुगेको बताए । यसअघि सरकारले तीन पटक सार्दै आएको मितिअनुसार २०७४ सालको बडा दशैँमा पानी आउने उल्लेख थियो । थप पढ्नुहोस्

बाग्मतीको मुहानबाट नै अप्रशोधित पानी वितरण

२१ असार, काठमाडौं । उपत्यकामा सबैभन्दा बढी खानेपानी निर्यात गर्ने काठमाडौँ उपत्यका खानेपानी लिमिटेड सुन्दरीजलको प्रशोधन केन्द्र (ट्रिटमेन्ट प्लान्ट) जीर्ण बनेको छ । विसं २०२३ मा भारत सरकारको सहयोगमा निर्माण भएको यो प्रशोधन केन्द्रमा ५१ वर्षे अवधिमा सानातिना मर्मत मात्र गरेर चलाउँदै आएकाले जीर्ण भएर काम नगर्ने अवस्थामा पुगेको लिमिटेडले जनाएको छ । दैनिक दुई करोड १० लाख लिटर पानी सुन्दरीजलमै प्रशोधन गरेर वितरण गरिन्छ भने दुई करोड ६५ लाख लिटर पानी पाइपबाट महाङ्कालचौर शाखा ल्याएर प्रशोधन गरिन्छ । थप पढ्नुहोस्