खाल्डा पुरेर मात्रै काठमाडौंको समस्या समाधान हुँदैन : भाइकाजी तिवारी

विकसित र पूर्वाधारयुक्त राजधानी होस् भन्ने चाहना अझै पूरा भएको छैन । उपत्यका विकास प्राधिकरणका प्रमुख आयुक्तका रूपमा काम गरिरहँदा र एउटा सर्वसाधारणका रूपमा पनि यहाँको मनमा के लागिरहेको छ ?  दिगो रूपमा राजधानीको विकास गर्ने हाम्रो योजना बन्न सकेको छैन । टालटुल मात्रै भइरहेको छ । ०३३ सालदेखि परिकल्पना गरेअनुसार राजधानीका सडक अहिलेसम्म पूर्ण रूपमा चौडा हुन सकेका छैनन् । हामीले जानेर होस् वा नजानेर अथवा सरकार मौन बसेर होस् वा जनताले बुझ पचाएर होस्, मापदण्डअनुसार घर नबनाइदिएका कारण सडक चौडा गर्दा छेउका घर भत्काउनुपर्यो । थप पढ्नुहोस्