‘यदि तपाईंकी दिदी, बहिनीलाई कसैले तपाईंको आँखा अगाडि नै बलात्कार ….,’ नाटक ‘खुल्ला आकाश’

१९ चैत, काठमाडौं । नाट्यकार अशेष मल्लद्वारा लिखित नाटक ‘खुल्ला आकाश’ आज मञ्चन भएको छ । सर्वनाम थिएटरको ३९ औंँ वार्षिकोत्सवका अवसरमा मल्लद्वारा नै निर्देशित नाटकमा आफ्नी श्रीमतीको बलात्कारीको हत्या गरी कारागारमा आफ्नो मृत्युको दिन कुरिरहेको एक पात्रको मनोदशा नाटकको मुख्य विषयवस्तु रहेको छ । नाटकमा उसकी श्रीमती ‘शान्ति’ प्रतिको अथाह प्रेम र समर्पणलाई देखाउन खोजिएको छ । नाटकमा बाबुले कसैको हत्या गर्दा उसको सन्तानमा पर्ने सामाजिक र मनोवैज्ञानिक असरका बारेमा समेत चित्रण गरिएको छ । आफूले हत्या गरे पनि सो पात्रमा अलिकति पनि पश्चात्तापको भावना छैन । थप पढ्नुहोस्