ठेकेदार रामकुमार थापा र गौरापार्वती कन्सट्रक्सनलाई कस्को संरक्षण ? सुनकोशी पुलको पिलरसमेत नबनाई २५ प्रतिशत रकम भ्वाँम् !

३ फागुन, काठमाडौं । ठेकेदारको लापरबाहीका कारण गाईघाट–दिक्तेल सडकखण्डअन्तर्गत उदयपुरको फोक्सिङटार र खोटाङ जिल्लाको लिच्कीराम्चेबीच सुनकोशी नदीमा चार वर्षअघि निर्माण शुरु भएको सुनकोशी पुलको अहिलेसम्म सामान्य पिलरको जग पनि बन्न सकेको छैन । चार वर्षअघि गौरापार्वती कन्सट्रक्सन जेभी प्रालि निर्माण कम्पनीले टेण्डर प्राप्त गरेर निर्माण कार्य शुरु गरेको उक्त सुनकोशी पुलको अहिलेसम्म पनि सुनकोशी वारि र पारिको पिलरको जग नै बन्न नसकेको कुरा फोक्सिङटारका स्थानीयवासी जनक राई बताउँछन् । थप पढ्नुहोस्

बेलिबृज जडानपछि गाईघाट दिक्तेल यातायात सञ्चालन

९ पुस, काठमाडौं । सगरमाथाको गाईघाट दिक्तल सडक मार्गअन्तर्गत उदयपुर र खोटाङ जिल्लाको बीच फोक्सिङटारस्थित सुनकोशी नदीमा बेलिबृज जडान कार्य सम्पन्न भएपछि शनिबारदेखि उदयपुरको सदरमुकाम गाईघाटबाट खोटाङको दिक्तेलसम्म सिधै यातायात सेवा सञ्चालन भएको छ । सुनकोशी नदीमा १५ दिन अघिदेखि जडान कार्य शुरु गरिएको बेलिबृज शनिबार बिहान सम्पन्न भएपछि गाईघाट दिक्तेल सडकखण्डमा यातायातका साधन सञ्चालन शुरु भएको गाईघाट दिक्तेल सडक कार्यालय उदयपुर बोक्सेका इञ्जिनियर कमलप्रसाद यादवले बताए । थप पढ्नुहोस्

नगरसभाबाट आधा बजेट नपाएपछि काँग्रेस उम्मेदवार र नगर प्रमुखसहित चारजनाको घरजग्गा विप्लवको नियन्त्रणमा

२७ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले नेपाली काँग्रेसका उम्मेदवार र नगर प्रमुखसहित चारजनाको घरजग्गा नियन्त्रणमा लिएको घोषणा गरेको छ । काँग्रेसबाट प्रदेशसभा १ का उम्मेदवार सुवासकुमार पोखरेल, हलेसी तुवाचुङ नगरपालिकाका नगर प्रमुख इवन राई, राप्रपाका जिल्ला सदस्य चन्द्रसिं बस्नेत र बस्नेतका छोरा गिरिराज बस्नेतको घरजग्गा तथा सम्पत्ति नियन्त्रणमा लिएको नेकपाले विज्ञप्तिमार्फत घोषणा गरेको हो । थप पढ्नुहोस्

निर्माणधिन जयरामघाट पुलको ढलान सकियो, मंसिरदेखि सञ्चालनमा आउने

२५ असोज, काठमाडौं । खोटाङ जिल्लाको प्रमुख नाका जयरामघाटस्थित दूधकोशी नदीमा निर्माणाधीन मोटरेबल पक्की पुलको ढलान कार्य सम्पन्न भएको छ । निर्माण कार्य सम्पन्न गर्नुपर्ने सम्झौता अनुसारको मिति सकिएको पाँच वर्षपछि गत सोमबार ढलान कार्य सम्पन्न भएको हो । ढलान सकिएलगत्तै २८ दिनसम्म क्युरिङ् गर्दै सुकाएपछि २९ औँ दिनदेखि पुल सञ्चालनमा आउने ठेकेदार कम्पनी कालिका कन्स्ट्रक्सनका निर्माणस्थलमा खटिएका इञ्जिनियर सीताराम कार्कीले बताए । “क्युरिङ् पिरियडमा पुलको दायाँ र बायाँ पर्ने एप्रोच रोड निर्माण गरिसकिन्छ । थप पढ्नुहोस्

एउटै वडाबाट तीनजना नगरपालिका प्रमुखका उम्मेदवार

२९ जेठ, खोटाङ । आगामी असार १४ गते हुन लागेको स्थानीय तह दोस्रो चरणको निर्वाचनमा खोटाङ नगरपालिकाको प्रमुख पदमा एउटै वडाका तीनजना उम्मेदवार बनेका छन् । रुपाकोट मझुवागढी नगरपालिकाको प्रमुख पदका लागि वडा नं ६ नेर्पाबाट तीन दलबाट तीनैजना प्रमुख पदका उम्मेदवार बनेका हुन् । नेकपा (एमाले)बाट दीपनारायण रिजाल, नेकपा (माओवादी केन्द्र)बाट दुर्गाजयन्ती राई र राप्रपाबाट निशान राई प्रमुख पदका लागि उम्मेदवार बनेका छन् । एउटै वडाबाट तीनजना प्रमुख पदका उम्मेदवार बनेपछि सबैको ध्यान वडा नं ६ मा परेको छ । थप पढ्नुहोस्