तीनसाले खोरीयामै आम्दानीको स्रोत खोज्दै चेपाङ

नारायण ढुंगाना चितवनको पहाडी क्षेत्रमा बसोबास गर्ने अति सिमान्तकृत चेपाङहरु तीनसाले खोरीयामा मकै र कोदो उत्पादन गर्छन् । तीनसाल एउटा खोरीयामा खेती गर्छन्, अनि छाडेर फेरि अर्को ठाउँमा तीनसाल काम गर्छन् । त्यसैले तीनसाले खोरीया भनिएको हो । खोरीयाबाट आएको अन्न जेनतेन ६ महिनालाई पुग्छ । त्यसपछि उनीहरुलाई अनिकाल लाग्छ । यहाँका अधिकाँश चेपाङको अवस्था त्यही हो । परम्परागत खेती प्रणालीमा उनीहरु छन् । अनिकाल सुरु भएपछि जङ्गली गिठा–भ्याकुर खोज्ने, ज्याला मजदुरी गर्ने, ऋणमा बेसाएर खाने, अनि पछि काम गरेर तिर्ने । यो उनीहरुको हरेक वर्षको दैनिकी हो । थप पढ्नुहोस्