खोलामा पुल नहुँदा मनाङबासी र पर्यटकलाई सास्ती

२७ साउन, काठमाडौं । नेस्याङ गाउँपालिकाको पिसाङ खोलामा पुल नहुँदा सवारीसाधन आवात जावतमा मनाङबासीले सधैँ सास्ती भोग्नु परेको छ । हिउँदको बेलामा खोला घटेर बाटो सहज भए तापनि बर्खामा खोलामा भेल आउने हुँदा सवारीसाधन ओहोर दोहोर गर्न बाधा पुग्नेगरेको छ । मनाङको बाटो आफैँमा कठिन छ, त्यसमा पनि ठाउँ ठाउँमा भएका खहरे खोलामा पक्की पुल नहुनु र भएका काठका पुल पनि बगाउने समस्याले वर्षैपिच्छे यस्तो सास्ती झेल्नु परेको छ । हिउँदमा बढी चिसो हुने हुँदा हिउँ जमेर खोला सुक्छन् र बाटो सहज हुन्छ । थप पढ्नुहोस्