काँग्रेसले कोजाग्रत पूर्णिमाका दिन चियापान, सिंहको स्मृतिमा दिप प्रज्वलन

४ असोज, काठमाडौं । नेपाली काँग्रेसले आगामी असोज १९ गते चियापान कार्यक्रम आयोजना गर्ने भएको छ । काँग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले महान् चाड दशैँ, तिहारको अवसरमा हरेक वर्षझैँ यस वर्ष पनि कोजाग्रत पूर्णिमाको दिनमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम आयोजना गर्न लागेको जानकारी दिए । कार्यक्रम कोजाग्रत पूर्णिमाको दिन दिउँसो १ देखि ४ बजेसम्म हुनेछ । उक्त कार्यक्रममा भाग विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि तथा कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिलाई आमन्त्रण गरिएको मुख्यसचिव पौडेलले बताए । थप पढ्नुहोस्

गणेशमान सिंह सामुदायिक वन राष्ट्रिय पुरस्कार छापगैरा सामुदायिक वनलाई दिने

२७ असार, काठमाडौं । वन विभागले यस वर्षको गणेशमान सिंह सामुदायिक वन राष्ट्रिय पुरस्कार छापगैरा सामुदायिक वनलाई दिने भएको छ । विभागमा आज बसेको बैठकले यस वर्षको उत्कृष्ट सामुदायिक वनमध्ये नुवाकोटको छापगैरा सामुदायिक वनलाई दिने निर्णय गरेको हो । पुरस्कार राशि नगद रु एक लाख र प्रमाणपत्र रहेको छ । यस्तै, द्वितीय पुरस्कार हरियाली सामुदायिक वन कपिलवस्तुलाई रु ७५ हजार तथा तृतीय पुरस्कार निउरेनी चिसापानी सामुदायिक वन मकवानपुर र वनपाले सामुदायिक वन कास्कीलाई रु २५÷२५ हजार दिने निर्णय गरेको विभागका सामुदायिक वन महाशाखा प्रमुख अनुजराज शर्माले जानकारी दिए । थप पढ्नुहोस्