यसरी बन्यो आकर्षक पर्यटकीय गन्तव्य चन्द्रागिरि

९ असार, काठमाडौं । केवलकार सञ्चालन गरेको एघार महिनामै चन्द्रागिरि पर्यटकका लागि आकर्षक गन्तव्य बनेको छ । छाटो समयमा नै पर्यटकीय गन्तव्य बन्न सफल चन्द्रागिरिबाट काठमाडौँ उपत्यकाको सुन्दर दृश्यावलोकन गर्न सकिन्छ । हिमशृङ्खला अवलोकन, भालेश्वर महादेवको मन्दिर दर्शन, भ्यू टावरबाट दृश्यावलोकन, बालबालिका खेल्ने सुन्दर पार्कका साथै आवश्यक खानेकुराका लागि त्यहाँ रेस्टुराँ समेत बनेका छन् । काठमाडौँको थानकोटबाट चन्द्रागिरि हिल्स पुुग्न केवलकारबाट ११ मिनेट लाग्छ । चन्द्रागिरिबाट सुन्दर दृश्य देखिनुका साथै शान्त वातावरण छ । थप पढ्नुहोस्