विपद् व्यवस्थापनसम्बन्धी विधेयक अघि बढाउन सरकारलाई निर्देशन, विनियोजन विधेयकमाथिका सवालमा जवाफ आइतबार

२३ असार, काठमाडौं । व्यवस्थापिका–संसद्को राज्य व्यवस्था समितिले निर्वाचन विधेयकसँगै तत्काल विपद् व्यवस्थापनसम्बन्धी विधेयक अघि बढाउन सरकारलाई निर्देशन दिएको छ । आज बसेको समितिको बैठकमा सांसदहरुले विपद् व्यवस्थापनसम्बन्धी ऐन ल्याउने वर्षैंदेखि भन्दै आइए पनि त्यसले पूर्णता पाउन नसकेको भन्दै सोसम्बन्धी विधेयक तत्काल ल्याउन बैठकमा उपस्थित हुनुभएका गृहमन्त्री जनार्दन शर्माको ध्यानाकर्षण गराएका थिए । बैठकले देशभरको बाढीपहिरोबाट प्रभावितलाई न्यायोचित क्षतिपूर्तिको व्यवस्था तथा उद्धार र राहतलाई प्रभावकारी बनाउन सरकारलाई निर्देशन दिएको छ । थप पढ्नुहोस्