गर्भवतीले के खाने ? के गर्ने ? भन्ने कुरा नै विवादमा

६ असार, काठमाडौं । भारतमा गर्भवतीले के खान हुने र के नहुने भनी एक सरकारी कार्यालयले नै जारी गरेका विज्ञापन एवम् सन्देशको विषयलाई लिएर स्वास्थ्यका विज्ञहरुबीच नै विवाद उत्पन्न भएको छ । सरकारी स्वास्थ्य कार्यालय योगा र प्राकृतिक चिकित्सासम्बन्धी भारतीय केन्द्रीय अनुसन्धान परिषदले आफ्नो प्रकाशनमार्फत जारी गरेको सो सन्देशका विषयमा यस्तो विवाद भएको हो । उक्त परिषदले हालै आफ्नो प्रकाशनमार्फत जारी गरेको सो सन्देशमा मासु र अन्डाबाट गर्भवतीलाई टाढै रहन भनेको छ । भारतमा समय समयमा यस्ता शाकाहारी व्यहारका बारेमा विभिन्न नीति बन्ने गरेका छन् । थप पढ्नुहोस्