लोप हुन लागेको इन्द्र–अप्सरा नाच भोली भक्तपुरमा देखाइने

२७ साउन, काठमाडौं । मल्लकालीन राजा रणजित मल्लको पालादेखि सुरु भई लोपोन्मुख अवस्थामा पुगेको इन्द्र–अप्सरा नाच यस वर्ष एक दिन मात्रै हुने भएको छ । परम्परागत रुपमा गाईजात्राको भोलिपल्टदेखि चार दिनसम्म नचाइएको सोे नाच केही वर्षअघिदेखि भने कहिले चार दिन त कहिले एक दिन मात्रै हुँदै आएको छ । महाभारत कथानुसार अभिशाप परेर पाण्डवमध्येका अर्जुन देवराज इन्द्रको दरबारमा पुगेका र अप्सरा उर्वशीसंँग नाचेका थिए । सोही कथनअनुसार सो नाच चल्दै आए पनि अर्थ अभावका कारण नाच नियमित चार दिनसम्म सञ्चालनमा आउन नसकी लोपोन्मुख अवस्थामा पुगेको छ । थप पढ्नुहोस्

गाईजात्रे देशमा आज साँच्चै गाईजात्रा, ख्यालठट्टासहित मृतात्माको शान्तिको कामना गरिँदै

लक्ष्मी गारु २४ साउन, भक्तपुर । हास्यव्यंग्य र ख्यालठट्टासहित मृतात्माको शान्तिको कामना गर्दै आज काठमाडौँ उपत्यका र नेवार समुदायको बाक्लो उपस्थिति रहेका मुलुकका मुख्य–मुख्य शहरमा धुमधामका साथ गाईजात्रा पर्व मनाइँदैछ । गाईजात्रा धार्मिक तथा सांस्कृतिक महत्व बोकेको पर्व हो । भक्तपुरमा गाईजात्राको औपचारिक शुरुवात जनैपूर्णिमाको साँझ नै गरिन्छ । थप पढ्नुहोस्