भाइरलको संक्रमण बढेपछि गाउँमै स्वास्थ्य शिविर सञ्चालन

२६ भदौ, काठमाडौं। डडेल्धुराको भागेश्वर गाउँपालिकामा भाइरलजन्य रोगको संक्रमण बढेपछि गाउँपालिकाले आइतबारदेखि स्वास्थ्य शिविर सञ्चालन गरेको छ । दुर्गममा रहेको वर्षात्का कारण गाडी चल्न नसकेपछि भागेश्वर गाउँपालिकाको वडा नं ५ का विभिन्न गाउँमा भाइरलजन्य रोगका बिरामीको सहज उपचारका लागि भन्दै गाउँमै स्वास्थ्य शिविर सञ्चालन गरिएको हो । भागेश्वर गाउँपालिकाको आयोजनामा वडा नं ५ को चौगाउँमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको हो । भागेश्वर गाउँपालिका अध्यक्ष कौशिला भट्टको विशेष पहलमा सञ्चालन गरिएको हो । थप पढ्नुहोस्

भारतमा अमेरिकी राष्ट्रपतिको नाउँमा गाउँ, कार्टर पछि अर्को ट्रम्प गाउँ

११ असार, काठमाडौं । भारतको राजधानी नयाँदिल्लीबाट नजिकै पर्ने एउटा गाँउलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नाममा नामाकरण गरिएको समाचार छ । उत्तरी हरियाणा प्रदेशको मेवात जिल्लामा पर्ने मारोरा भन्ने सो गाँउमा अधिकांश मुस्लिम समुदायको बस्ती रहेको छ । ट्रम्प नाम दिइएको सो गाँउ नयाँदिल्लीबाट करिब ८० किलोमिटर टाढा पर्दछ । थप पढ्नुहोस्