को हुन् यि दानवीर ? जसले गाउँपालिकाका लागि सत्र रोपनी जग्गा दान गरे

१ कात्तिक, काठमाडौं । इलामको सन्दकपुर गाउँपालिका भवन निर्माणका लागि स्थानीयबासीले करिब रु ३४ लाख मूल्य बराबरको जग्गा दान गरेका छन् । गाउँपालिकाको भवन निर्माणका लागि स्थानीयले सन्दकपुर गाउँपालिका–२ देउराली बजार आसपास १७ रोपनी जग्गा दान गरेका हुन् । दिनेश सुवेदी र कृष्ण सुवेदीले पाँच रोपनी, नेत्र सुवेदीले चार रोपनी, देउराली बजार व्यवस्थापन समितिबाट तीन रोपनी, टीकामाया गुरुङ, धनप्रकाश राई, डम्बर सुवेदी र रमिला बुर्जाले एक÷एक रोपनी तथा लीला बुर्जा र जीवन शिवाले आधा÷आधा रोपनी जग्गादान गरेका हुन् हो । थप पढ्नुहोस्

कोशी गाउँपालिकाका अध्यक्षले गरे कार्यकारी अधिकृतको कार्यकक्षमा तालाबन्दी

२८ भदौ, काठमाडौं । तपाईंलाई कुनै पनि कार्यालय प्रमुखले आफ्नै कार्यालयमा तालाबन्दी गरेको सुन्दा अचम्म लाग्न सक्छ । तर यस्तै घटना भएको छ सुनसरीको कोशी गाउँपालिकामा । गाउँपालिकाको कार्यालयमा कार्यरत कार्यकारी अधिकृत र लेखा अधिकृतले आफूखुशी गरेको गुनासो बढेपछि सुनसरीको कोशी गाउँपालिका कार्यालयको कार्यकारी अधिकृत र लेखा अधिकृतको कार्य कक्षमा मंगलबार तालाबन्दी गरेको हो । थप पढ्नुहोस्

महाकुलुङ र लिखुपिके गाउँपालिकामा शाखा खोल्न बैंकहरुको आनाकानी

२५ भदौ, काठमाडौं । सोलुखुम्बुमा रहेका आठ स्थानीय तहमध्ये छ वटामा बैंक नहुँदा सास्ती भएको छ । बैंक नभएका कारण कारोबारका लागि स्थानीय तहका कर्मचारी र जनप्रतिनिधिहरु सदरमुकाम धाउन बाध्य भएका छन् । लिखुपिके गाउँपालिकाका प्रमुख डम्बरबहादुर बस्नेत बैंकको कामकै लागि दुई दिन पैदल हिँडेर सदरमुकाम आउन बाध्य भएको बताउँछन् । गाउँमा बैंक नभएका कारण गाउँपालिकाको खाता सदरमुकाममा रहेका बैंकमा खोलिएको छ, त्यसैले हरेक आर्थिक कारोबारका लागि सदरमुकाम आउनै पर्ने बाध्यता रहेको छ । थप पढ्नुहोस्

१६ स्थानीय तहमा काँग्रेसको उम्मेदवारी टुंगो लाग्यो

२० भदौ, काठमाडौं । नेपाली काँग्रेस सप्तरीले अगामी असोज २ गते हुन लागेको स्थानीय तह निर्वाचनका लागि सप्तरीमा १८ वटा स्थानीय तहमध्ये १६ वटामा उम्मेदवारको नाम टुंगो लगाएको छ । नेपाली काँग्रेसले राजविराज नगरपालिकाको प्रमुखमा ध्रुवकुमार देव र उपप्रमुखमा सुशीलाकुमारी यादवको नाम उम्मेदवारमा छनोट गरेको छ । हनुमाननगर कंकालिनी नगरपालिका प्रमुखमा सरोज बिराजी, उपप्रमुखमा राजेश्वरीदेवी यादव, सप्तकोशी नगरपालिकाको प्रमुखमा कृष्णप्रसाद ढकाल र उपप्रमुखमा रीताकुमारी चौधरीको नाम रहेको छ । थप पढ्नुहोस्

फालेलुङमा एकीकृत बस्ती निर्माण हुने

७ भदौ, काठमाडौं । पहिरोबाट प्रभावित पाँचथरको फालेलुङ गाउँपालिका, वडा नम्बर ३ मा अब एकीकृत बस्ती निर्माण गरिने भएको छ । सुरक्षित बसोबास गर्ने व्यवस्था मिलाउन भन्दै एकीकृत बस्ती निर्माण गर्ने निर्णय गरिएको जिल्ला दैविप्रकोप उद्धार समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काले बताए । जिल्ला दैविप्रकोप उद्धार समितिको बैठकले फालेलुङ–३ को खोलाघारी, खोलागाउँ, विकटे, माङलेबुङका पहिरोबाट विस्थापित भएका ११३ परिवारका लागि एकीकृत बस्ती बसाउने निर्णय गरेको हो । थप पढ्नुहोस्

गाउँपालिकाको मुख्य योजना पर्यटन प्रर्वधन र विकास निर्माण

१ साउन, काठमाडौं । कास्कीस्थित माछापुच्छ्रे गाउँपालिकाले त्यस क्षेत्रको समग्र विकासका लागि भौतिक पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेको छ । गाउँपालिकाको आव २०७४/७५ को वार्षिक नीति तथा कार्यक्रम प्रथम गाउँ सभामा प्रस्तुत गर्दै गाउँपालिकाका प्रमुख कर्ण गुरुङले यस क्षेत्रलाई पर्यटकीय गन्तव्य बनाउनुका साथै भौतिक एवं सामाजिक विकासका लागि योजना अघि बढाइएको जानकारी दिए । गाउँपालिकाको आव २०७४/७५ का लागि रु ३९ करोड ४७ लाख २३ हजार विनियोजन गरिएको बताउँदै उनले सबैको सहकार्यमा विकास निर्माणका योजना अघि बढाइने उल्लेख गरे । थप पढ्नुहोस्

अर्जुनधारा नपाको विवाद मिलाउन आयोगलाई जिम्मा

१९ असार, काठमाडौं । झापाको अर्जुनधारा नगरपालिकाको मतगणनामा विवाद भएपछि समाधानका लागि निर्वाचन आयोगलाई पत्राचार गरिएको छ । दलहरुबीच विवाद बढेपछि समाधानका लागि आयोगलाई पत्रचार गरिएको निर्वाचन अधिकृत राधाकृष्ण खतिवडाले जानकारी दिए । “विवाद समाधानका लागि आयोगको निर्णय पर्खिरहेका छौँ”, निर्वाचन अधिकृत खतिवडाले भने, “आयोगबाट जे निर्णय हुन्छ, त्यही गर्छौं ।” विवादका कारण त्यहाँको मतगणना आइतबार दिउसो १ बजेदेखि स्थगित भएको थियो । आइतबार दिनभर दलहरुबीच सहमतिको प्रयास गरिए पनि असफल भएको छ । थप पढ्नुहोस्

दोस्रो चरणको निर्वाचनः कतै उत्साह त कतै निराशा !

१५ असार, काठमाडौं । प्रदेश नं.१, ५ र ७ मा हिजो भएको स्थानीय तहको निर्वाचनमा मिश्रीत परिणाम आएको छ । हिजो दिनभर कतै मतदाता उत्साहित भएर मतदान गरे भने दिनै भर मतदान अधिकृतहरु मतदाता भोट हाल्न आउने आशामा बसे पनि रित्तोहात पर्किए । तीन प्रदेशका ३३४ तहका १५ हजार ३८ प्रतिनिधि छान्न बुधबार भएको निर्वाचनमा ७१ प्रतिशत भन्दा बढी मतदान भएको निर्वाचन आयोगले जनाएको छ । हिजो दिनभर आधा दर्जन छिटपुट घटनाबाहेक सामान्य रूपमा सम्पन्न भएको छ । केही क्षेत्रमा राति ८ बजेसम्म मतदान जारी रहेको थियो । थप पढ्नुहोस्

जनआक्रोशलाई वेवास्ता गर्दा नेचा सल्यान वडा नं ६ जनप्रतिनिधिविहीन

७ असार, काठमाडौं । सरकारको वेवास्ताका कारण साबिक तिङ्ला गाविस हाल नेचा सल्यान गाउँपालिका वष नं ६ जनप्रतिनिधिविहीन बन्ने भएको छ । आइतबार मनोनयन दर्ता गरेका नेपाली काँग्रेसका उम्मेदवार टङ्क कार्कीको वारेसनामाबाट उम्मेदवारी दर्ता भएपनि अयोग्य ठहरेपछि उम्मेदवारी रद्द भएको छ । यस्तै, सोही वडाबाट दुई जनाले स्वतन्त्रबाट उम्मेदवारी दर्ता गराएका थिए । स्वतन्त्रबाट उम्मेदवारी दर्ता गराएका ज्ञानबहादुर राई र हर्कबहादुर विश्वकर्माले पनि आफ्नो उम्मेदवारी फिर्ता लिएपछि उक्त वडा जनप्रतिनिधिविहीन बन्ने भएको निर्वाचन अधिकृत आनन्दराज पन्तले जानकारी दिए । थप पढ्नुहोस्

आठराईमा काँग्रेस–माओवादी केन्द्र गठबन्धन

२ असार, काठमाडौं । तेह्रथुमको आठराई गाउँपालिकामा नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र)ले संयुक्तरुपमा उम्मेदवारी दिने भएका छन् । गाउँपालिका तथा वडामा नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र) र सङ्घीय लिम्बूवान मञ्चले गठबन्धन गर्दै संयुक्तरुपमा उम्मेदवारी दिने भएका हुन् । गाउँपालिकाका लागि काँग्रेस–माओवादी केन्द्र गठबन्धनबाट अध्यक्ष पदमा नेपाली काँग्रेसका नारायणकुमार इङ्नामलाई उम्मेदवार बनाएका छन् । गठबन्धनले उपाध्यक्ष पदमा भने माओवादी केन्द्रकी रमिला खनाललाई उम्मेदवार बनाएको छ । थप पढ्नुहोस्