भिटोफको साउन १६ गते साधारणसभा

५ साउन, काठमाडौं । गाउँ पर्यटन प्रबद्र्धन मन्च (भिटोफ) नेपालले आफ्नो दुई दशकको यात्रा एक विशेष कार्यक्रमको आयोजना गरि मनाउने भएको छ । यही साउन १६ गते एक विशेष कार्यक्रमकाबीच गाउँ पर्यटन दिवस (भिटोफ डे) बार्षिक साधारणसभा, साधारण सदस्यहरुको परिचय संलग्न डाइरेक्टरी तथा होमस्टेहरुको विस्तृत विवरण संलग्न वेभसाइटसमेत लोकार्पण गरिने भएको छ । कार्यक्रम दुई चरणमा सञ्चालन गर्ने बताइएको छ । पहिलो चरणमा उद्घाटन सत्र रहने छ भने दोस्रो चरणमा साधारणसभा गरिने छ । थप पढ्नुहोस्