प्रथमा लिएर आउँदै गायिका रेश्मा

१३ साउन, काठमाडौं । गायिका रेश्मा बम्जन स्थापित गायिकाहरुको भिडमा पहिलो एल्वम प्रथमा लिएर आउंदैछिन् । लामो सांगितिक यात्रा पछि उनले पहिलो पटक प्रथमा एल्वम लिएर आउन लागेकी हुन् । अहिले प्रथमाको गित रेकर्डिङ कार्य भइरहेको छ । एल्वममा ६ वटा गित समावेश रहेको उनले बताईन् । एल्वममा रोमान्टिक आधुनिक र रक सेलो रहेको छ । गायक दिपक लिम्वु संगको युगल गित जन्ती लिएर आउ बोलको गितले अहिले युट्युवमा चर्चा पाईरहेको छ । एल्वममा देव पुन चुचांगी , जीवन बहादुर बम्जन, जोगलाल लामा र फुल कुमार बम्जनको शव्द संगित रहेको छ । थप पढ्नुहोस्