गायिका सीमा शाहको ‘फूल हुँ म ‘ म्युजिक भिडियो सार्वजनिक

१ असार,काठमाडौं । गायिका सीमा शाहको ‘फूल हुँ म ‘ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । एल्बम “सीमा २” मा समाबेश रहेको उक्त गीतमा सन्तोष पोखरेलको शब्दमा करनराज कार्कीको संगीतलार्इ बिजेस्वर तण्डुकारले संगीत संयोजन गरेका हुन् भने रायन कार्कीको निर्देशनमा मनिषा कोरियोग्राफर र आकर्षक नृत्य देखाएको छ । उक्त गीतमा मनिषा र युगलको अभिनय रहेको छ । उत्सव दाहालको छयांकन रहेको भिडियोलार्इ प्रबिन श्रेष्ठले सम्पादन गरेका छन् । भिडियो हेर्नुहोस । थप पढ्नुहोस्