गौरा गीतको मौलिकता हराउँदै

११ भदौ, काठमाडौं । सुदूरपश्चिमको महान् पर्व गौराका परम्परागत गीतको मौलिकता हराउँदै जान थालेको छ । गौरा पर्वमा गाइने गीतमा आधुनिकता थपिँदै जान थालेपछि मौलिकता हराउँदै जान थालेको हो । नयाँ पुस्ताका युवाले पुरानो संस्कार र परम्परालाई जोगाउनुपर्छ भन्ने चेतनाको अभावमा पुराना गीतलाई छाड्दै पश्चिमा संस्कृतिका गीतको मिश्रण गरेर आधुनिकतालाई प्रश्रय दिन थालेपछि गीतको मौलिकतामा आधुनिकता देखिन थालेको छ । थप पढ्नुहोस्

नृत्य–सङ्गीत प्रशिक्षण कक्षा सुरु

१ असार, काठमाडौं । राष्ट्रिय जनसांस्कृतिक महासङ्घले आजदेखि नृत्य तथा सङ्गीत प्रशिक्षण कक्षा सुरु गरेको छ । प्रशिक्षणमा नृत्य तथा सङ्गीतका साथै राजनीतिक प्रशिक्षणसमेत प्रदान गरिने महासङ्घका कावा महासचिव प्रेमनाथ अधिकारीले जानकारी दिए । महासङ्घले अविरल कविता र सङ्गीत यात्रा पनि सञ्चालन गरिरहेको छ । सुरुमा हप्तामा दुई दिन बिहान ७ देखि ९ बजेसम्म प्रशिक्षण कक्षा सञ्चालन गरिने जानकारी दिँदै उहाँले विद्यार्थीको चाप बढ्दै गएपछि अपराह्न २ बजेपछि पुनः अर्को कक्षा सुरु गरिने सोच रहेको बताए । थप पढ्नुहोस्