‘रुवीभ्याली’ गीति एल्बम विमोचन

३१ जेठ, काठमाडौं । धादिङ जिल्लाको हिमाली क्षेत्र गणेश हिमाल र रुवीभ्यालीलाई समेटेर तयार पारिएको गीति एल्बम ‘रुवीभ्याली’को विमोचन गरिएको छ । गायक तथा सङ्गीतकार जयवीर तामाङले सो एल्बमका गीतमा स्वर दिएका टन् । नयाँ गन्तव्य नेपाल नामक संस्थाद्वारा आयोजित एक कार्यक्रममा राष्ट्रिय समाचार समिति (रासस)का अध्यक्ष कुलचन्द्र वाग्लेले सो एल्बमको विमोचन गर्दै सांस्कृतिक, प्राकृतिक र धार्मिक महत्व बोकेको रुवीभ्यालीलाई राष्ट्रिय स्तरमा चिनाउनु जरुरी रहेको बताए। उनले भने, “रुवीभ्यालीलाई नेपालकै गौरव गर्नसक्ने भ्यालीका रुपमा विकास गर्नुपर्छ । थप पढ्नुहोस्