आफ्नै निर्देशन कुल्चँदै गृहमन्त्री

१५ साउन, काठमाडौं । सुरक्षा निकाय चेन अफ कमान्डमा चल्ने संस्था हो । प्रचारबाजी गर्ने, वक्तव्यबाजी गर्ने र अनावश्यक अन्तर्वार्ता दिने प्रवृत्ति अन्त्य गर्नुस्, पदभार ग्रहण गर्नेबित्तिकै गृहमन्त्री जनार्दन शर्माले सुरक्षा निकायलाई दिएको निर्देशन हो यो ।सुरक्षा निकायलाई कमान्डमा राख्ने नेतृत्व पाएका शर्मा आफैँ भने आफ्ना दैनिक गतिविधि ट्विटर र फेसबुकमार्फत सार्वजनिक गरिहाल्छन् । सुरक्षाजस्तो संवेदनशील निकायको कमान्ड सम्हालेका मन्त्री शर्माले ऊर्जा मन्त्रालयमा हुँदाजस्तै सस्तो प्रचारु रुचाउने गरेको उनको कार्यशैलीले पुष्टि गर्छ । थप पढ्नुहोस्

निर्धक्क भएर निर्वाचनमा भागलिन गृहमन्त्रीले गरे अग्रह

१२ असार, काठमाडौं । गृहमन्त्री जनार्दन शर्माले स्थानीयतहको निर्वाचनमा जनता निकै उत्साहित रहेको र राजनीतिक दलहरुबीच स्वच्छ प्रतिस्पर्धाको वातावरण देखिएको बताएका छन् । गृहमन्त्री शर्माले शान्ति सुरक्षाको दृष्टिकोणले कुनै कमीकमजोरी नरहेकाले निर्धक्क भएर निर्वाचनमा भाग लिन सबैलाई आग्रह गरे । पहिलो चरणको निर्वाचनमा एकाध घटनाबाहेक पूर्णत शान्तिपूर्ण रुपमा सम्पन्न भएको भन्दै दोस्रो चरणको निर्वाचन पनि शान्तिपूर्ण रुपमा हुने विश्वास व्यक्त गरे । थप पढ्नुहोस्