सन्तानेश्वर महादेवलाई दोस्रो पाशुपत क्षेत्रको रुपमा विकास गरिने

२२ साउन, काठमाडौं । गोदावरी नगरपालिका– १३ झररुवासीमा अवस्थित सन्तानेश्वर महादेव मन्दिरप्रतिको आकर्षण दिनानुदिन बढ्दै गएको छ । ललितपुरको लगनखेलबाट पूर्वी दक्षिणी भेगमा राजधानी नजिकै पर्ने सो मन्दिरमा पूजाराधनाका लागि सोमबार व्रतालु भक्तजनको भीड लाग्ने गरेको छ । विशेष गरेर साउनको हरेक सोमबार अझ बढी भक्तजनको उल्लेखनीय सहभागिता हुने गर्छ । सतीदेवीको ओठ पतन भएकाले सो क्षेत्रमा सन्तानेश्वर महादेवको उत्पत्ति भएको मानिन्छ । मन्दिरमा पुग्न ३६६ सिँढी चढेर जानुपर्छ । समुद्री सतहबाट एक हजार ५०७ मिको उचाइमा अवस्थित सो मन्दिर नौ किमी दूरीमा पर्छ । थप पढ्नुहोस्