प्रधानन्यायाधीशका लागि पराजुली संसदबाट सर्वसम्मत : शपथ आज

  २ साउन, काठमाडौं । प्रधानन्यायाधीशमा प्रस्तावित गोपाल पराजुलीको नाम संसदीय सुनुवाइ समितिले सर्वसम्मतिले अनुमोदन गरेको छ । आइतबार बसेको समिति बैठकले पराजुलीको सुनुवाइलगत्तै नाम अनुमोदन गरेको हो । पराजुलीविरुद्ध समितिमा कुनै उजुरी परेको थिएन । समितिको निर्णयसँगै पराजुलीलाई प्रधानन्यायाधीश बन्ने बाटो खुलेको छ । कानुन व्यवसायीका रूपमा लामो समय काम गरेपछि १८ कात्तिक ०४८ देखि पराजुली पुनरावेदन अदालतको न्यायाधीशबाट न्याय सेवामा प्रवेश गरेका हुन् । तीन वर्षअघि उनी सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त भएका थिए । थप पढ्नुहोस्