अब गोही, गौरीगाई र अजिङ्गरले आक्रमण गरे पनि राहत पाइने

३० जेठ, काठमाडौं । गोही, गौरीगाई र अजिङ्गरले मानिसलाई आक्रमण गरे पनि राहत पाइने भएको छ । यसअघि केही निश्चित वन्यजन्तुले आक्रमण गर्दामात्रै राहत दिने व्यवस्था थियो । हालै वन्यजन्तुबाट हुने क्षतिको राहत सहयोग निर्देशिका, २०६९ को दोस्रो संशोधनले प्रजाति थपेर राहतको व्यवस्था गरेको चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत तथा सूचना अधिकारी नुरेन्द्र अर्यालले जानकारी दिए । यसअघि ११ प्रजातिका वन्यजन्तुले आक्रमण गरेमा राहत दिने व्यवस्था थियो । थप पढ्नुहोस्