मतदान गर्न मतदाता आतुर

१ असोज, काठमाडौं । भोलि सोमबार हुने प्रदेश नं २ को स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा मत खसाल्न मतदाता आतुर छन् । मुलुकमा संघीय गणतन्त्र नेपालको संविधान जारी भएको दुई वर्ष पुगेको छ । दुई दशकपछि भोलि हुने तेस्रो चरणको निर्वाचनमा आफूले मन पराएको उम्मेदवारलाई मत खसाल्न पाउँदा मतदातामा खुशीको लहर छाएको हो । संविधानप्रति विमति जनाउँदै आएका मधेशवादी दलका कारण बारम्बार निर्वाचनको समय फेरबदल हुँदै आएकामा ती मधेशवादी दलले स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा भाग लिएपछि संविधान कार्यान्वयनको मार्ग प्रशस्त भएको छ । थप पढ्नुहोस्

गौरा पर्वको अवसरमा आज सार्वजनीक विदा, राष्ट्र प्रमुखले दिए शुभकामना

१३ भदौ, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको सुदूरपश्चिम तथा मध्यपश्चिम क्षेत्रमा मनाइने धार्मिक सांस्कृतिक महत्वको गौरा पर्वका अवसरमा स्वदेश तथा विदेशमा बस्ने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति, समृद्धिको कामना गर्नुभएको छ । उनले आज शुभकामना सन्देश दिँदै सदियौँदेखि मनाइँदै आएको सो पर्वको आफ्नै ऐतिहासिक एवम् पौराणिक महत्व रहेको छ र यसले आफ्नो मौलिकता राख्न समेत सफल भएको उल्लेख गरेकी छिन् । थप पढ्नुहोस्