ग्वाटेमालामा ६.८ रेक्टर स्केलको भूकम्प

९ असार, काठमाडौं । ग्वाटेमालामा बिहीबार बिहान सवेरै ६.८ रेक्टर स्केलको भूकम्प गएको छ । यस भूकम्पबाट प्रमुख पर्यटकीय सहर एनिगुआमा रहेका सरकारी कार्यालयका र अन्य भवनहरु क्षतिग्रस्त भएका छन् । स्थानीय समय अनुसार बिहीबार बिहान ६ः३१ मा यस गएको यस भूकम्पको केन्द्रविन्दु प्रशान्त महासागरीय सहर पुइर्टो सान जोसे बाट ३८ किलोमिटर दक्षिणपश्चिममा रहेको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (युएसजिएस) ले जानकारी दिएको छ । यस भूकम्पको कम्पन दक्षिणी मेक्सिको र एल साल्भाडोरमा पनि महसूस गरिएको सो संस्थाले बताएको छ । थप पढ्नुहोस्