फेसबुकले घर बनाइदिने !

२ साउन,एजेन्सी ।विश्वको नम्बर एक समाजिक सञ्जाल फेसबुकले आफ्ना कर्मचारीको लागि घर बनाइदिने घोषणा गरेको छ। फेसबुकले अमेरिकाको सिलिकन भ्यालीमा घर निर्माण गरिदिने योजना लागू गर्ने भएको हो। १५ सय संख्यामा निर्माण हुने घरहरु फेसबुक हेडक्वाटर नजिकै हुने फेसबुकले जनाएको छ। फेसबुक, अल्फाबेट इंक, गुगल र अन्य टेक्नोलोजी कम्पनीहरुका कारण अमेरिकाको सान फ्र्यान्सिस्कोमा आवासको कमी भएको बताइएको छ। जसका कारण फेसबुकका कर्मचारीहरुलाई कस्ट व्यवहोर्नुपरेको छ। त्यहाँबाट अन्यत्र जान समय पनि धेरै लाग्ने भएकाले हेडक्वाटर नजिकै घर बनाइदिने फेसबुकले जनाएको छ । थप पढ्नुहोस्

घर बनाउनका लागि दबाब दिन प्राधिकरण गाउँमा

६ असार, काठमाडौं । गत वर्षको भदौमा रु ५० हजारका दरले अनुदान रकम लिए पनि घर निर्माण सुरु नगरेका भूकम्पपीडितलाई छिटो घर बनाउन दबाब दिन राष्ट्रिय पुनःनिर्माण प्राधिकरण गोरखाको गाउँगाउँ पुगेको छ । प्राधिकरणका जिल्ला प्रमुख राजेन्द्र कार्कीले सुलिकोट गाउँपालिका पुगेर छ हजार ६०७ जना लाभग्राहीमध्ये पाँच हजार ८८३ जनालाई पहिलो किस्ता उपलब्ध गराएपनि उनीहरुले घर नबनाएका कारण दोस्रो र तेस्रो किस्ता वितरण प्रभावित भएको बताए । सुलिकोटमा बारपाक, स्वाँरा, सौरपानी, ताकुमाझ लाकुरीबोट, ताकुकोट, पन्द्रुङ र पाँचखुवादेउराली गाउँ पर्छन् । थप पढ्नुहोस्