भूकम्प प्रभावित साना उद्योगीलाई प्रविधि सहयोग

७ असार, काठमाडौं । भूकम्पबाट प्रभावित साना उद्योगीलाई घरेलु तथा साना उद्योग विकास समितिले सहयोग गरेको छ । भूकम्पपछि साना उद्योगको पुनःस्थापना हुन नसकेका उद्योगको प्रविधिमा क्षति पुगेपछि साना उद्योगीलाई प्रविधिमा सहयोग गरिएको घरेलु तथा साना उद्योग विकास समिति मुख्य शाखा कार्यालयका प्रमुख विजयकुमार भट्टराईले बताए । विदुरमा मङ्गलबार आयोजित उद्योगीसँगको अन्तक्र्रिया कार्यक्रममा जिल्लामा रहेका ४० साना उद्योगीलाई रु १५ हजार बराबरको प्रविधि हस्तान्तरण गरिएको हो । थप पढ्नुहोस्