भूकम्पपीडितको रकममा समेत घुस !

२९ जेठ, काठमाडौं । भूकम्पपीडितको राहत रकममा समेत सरकारी कर्मचारीले घुस रकम माग्ने गरेको तथ्य फेला परेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पछिल्लो पटक मुलुकभर नै सञ्चालन गरेको ‘रङ्गेहात पक्राउ’ अभियानअन्तर्गत सिन्धुपाल्चोक जिल्लाको एक गाउँपालिकामा भूकम्पपीडितको राहत रकम प्रदान गर्दासमेत घुस मागेको पाइएको जनाएको हो । थप पढ्नुहोस्

घुस लिएको अभियोगमा दुई कार्यकारी अधिकृत पक्राउ

२३ जेठ,सिन्धुली । घुस लिँदै गर्दा आज दुई गाउँपालिकाका कार्यकारी अधिकृत पक्राउ परेका छन् । सोलार जडानका लागि अवैध पैसा लिँदै गर्दा अधिकृतलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा गोलन्जोर र फिकल गाउँपालिकाका कार्यकारी अधिकृतलाई इलोक्ट्रोनिक्स पसलबाट घुस लिएको अभियोगमा आयोग सम्पर्क कार्यालय बर्दिवासको टोलीले पक्राउ गरेको हो । गोलन्जोरका कार्यकारी अधिकृत भोलाकुमार आलेलाई रु एक लाख ५१ हजार र फिकलका कार्यकारी अधिकृत सतीश भट्टराईलाई रु ९० हजार घुस लिएको आरोप लगाइएको छ । थप पढ्नुहोस्